| सोमवार, कार्तिक २३, २०८३

विद्यार्थीलाई न्यानो कपडा वितरण

चिसो बढ्न थालेपछि विभिन्न दातृ संस्थाहरुले गोरखाका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गर्न थालेका छन् ।
सदरमुकामस्थित बालमन्दिर माविमा अध्ययनरत अनाथ बालबालिकालाई कर्मफ्लाइट फाउण्डेशन पोखराले जाकेट वितरण गरेको हो ।

आइतबार विद्यालयमा पुगेर छात्रबासमा रहेका २४ जना अनाथ बालबालिकालाई जाकेट वितरण गरेको प्रधानाध्यापक शिव थापाले जानकारी दिए ।

त्यस्तै थर्डआई नामक गैरसरकारी संस्थाले बारपाक सुलिकोट गाउँ पालिकास्थित ब्रह्रमचारिणी आधारभुत बिद्यालयका बिद्यार्थीहरु लाई ट्याकसुट वितरण गरेको छ ।

No description available.

बिद्यालयमा अध्ययनरत ४० जना छात्रछात्राहरुलाई संस्थाले न्यानो कपडा उपलब्ध गराएको बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष अमर गुरुङले जानकारी दिए ।

गुरुङका अनुसार संस्थाका सदस्य नितेश पुडासैनी र राजु भट्टले बिद्यालयमा अध्यनरत बिद्यार्थी हरुलाई पोशाक हस्तान्तरण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्