| सोमवार, कार्तिक २३, २०८३

नगरपालिका स्तरीय वक्तृत्वकला प्रतियोगितामा मोर्डन स्कुलकी आयुष्मा पहिलो

गोरखा नगरपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । सुरक्षित आप्रवासन परियोजना अन्तरगत एकीकरण नेपाल गोरखाको आयोजना शक्ति माविमा शुक्रबार वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो ।

‘वैदेशिक रोजगार, चुनौती र अवसर’ विषयमा भएको वक्तृत्वकला प्रतियोगितामा मोर्डन सेकेण्डरी इङिलस बोडिङ स्कुलका आयुष्मा भट्ट प्रथम भएकी छिन् । द ओल्ड क्यापिटलका सन्जिता रिमाल दोस्रो र रत्नराज्य लक्ष्मी मावि विरेन्चोकका स्वस्तिका भुजेल तेस्रो भएकी छिन् । जेनियस गोरखा इलिङस बोर्डिङ स्कुलका सिजन खड्का सान्त्वना भएको कार्यक्रम संयोजक चन्द्र देवकोटाले जानकारी दिए ।

प्रतियोगितामा क्रमश प्रथम, दोस्रो तेस्रो र सान्त्वनालाई ४, ३, २ र १ हजार नगद प्रदान गरिएको र विद्यालयलाई पनि प्रशंसा पत्र हस्तान्तरण गरिएको उनले बताए ।

सचेत, सिपमुलक र सुरक्षित रोजगार ः मर्यादित श्रम आप्रवासनको मुल आधार भन्ने नाराका साथ २२ औ अन्तराष्ट्रिय आप्रवासी कामदार दिवस १८ डिसेम्बर २०२१ को अवसरमा वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको हो । प्रतियोगितामा नगरपालिका भित्रका १४ वटा माविका विद्यार्थीहरु सहभागिता रहेको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबाबु जोशीको अध्यक्षता र गोरखा नगरपालिका उपप्रमुख विनाकुमारी श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गोरखा क्याम्पसका प्राध्यापक यदु अधिकारी, वैदेशिक रोजगार बोर्ड कार्यक्रम अधिकृतशेलेन्द्र मिश्र, र पत्रकार महासंघका अध्यक्ष नरहरी सापकोटा र एकीकरण नेपालका कार्यकारी निर्देशक हरि देवकोटा लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्