
बुङकोटको मकैपुर प्राथमिक विद्यालयलाई शैक्षिक सामाग्री सहयोग
शहिद लखन गाउँपालिका वडा नं. ७ बुङकोटमा रहेको मकैपुर प्राथमिक विद्यालयमा अध्ययरत विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग गरिएको छ ।
वडा कार्यालयको समन्वय र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गन्ज बहादुर गुरुङको विशेष पहलमा उनका छोरा ई.फन्त बहादुर गुरुङले शैक्षिक सामाग्री सहयोग गरेका हुन् ।

गुरुङले नगद ५० हजार, ३२ पिस झोला, ३२ सेट ट्रयाकसुट उपलब्ध गराएको वडा अध्यक्ष शरणश्रेष्ष्ठले जानकारी दिए । श्रेष्ठले आफ्नो व्यक्तिगत रुपमा तीन दर्जन कपी सहयोग गरेका छन् । विद्यालयमा हाल एक देखि तीन कक्षा सम्म विद्यार्थीहरु अध्ययनरत रहेको विद्यालयले जनाएको छ ।





