| सोमवार, कार्तिक २३, २०८३

आरुघाट गाउँपालिकालाई बालबिवाह मुक्त पालिका बनाईने

गोरखाको आरुघाट गाउँपालिकालाई बाल बिबाह मुक्त गाउँपालिका बनाउने विषयमा सरोकारवालाहरु एकजुट भएका छन् । अन्तराष्ट्रिय बाल दिबसको अवसरमा आयोजित कार्यक्रममा जनप्रतिनिधि, नागरिक अगुवा र सरोकावालाहरुले बाल बिवाह मुक्त पालिका बनाउने अभियानमा हस्ताक्षर गरेका छन् ।


गाउँपालिका अध्यक्ष पूर्णबहादुर दाहालको अध्यक्षतामा भएको कार्यक्रममा आरुघाट गाउँपालिकाको बाल
बिबाह अन्त्यका लागि स्थानीय रणनीति २०७८ को बिमोचन पनि गरिएको छ । सोही विषयमा बक्तृत्वकला प्रतियोगिता, सरोकारावालाको भुमिका लगायतको बारेमा छलफल भएको थियो ।


गाउँपालिकाको आयोजना, गुड नेबर्स इन्टरनेशनल नेपालको आर्थिक सहयोग र पद्धती बिकास सेवा केन्द्रको प्राविधिक सहयोगमा उक्त कार्यक्रम भएको हो ।


कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कल्पना नेपाली, शिक्षा शाखा प्रमुख पबित्रा शर्मा लगायतले धाराणा राखेका थिए । बाल अधिकारकर्मी कमल श्रेष्ठले कार्यपत्र प्रस्तुत गरेका थिए ।


गाउँपालिका भित्रका १४ वटा विद्यालयका २८ वटा बाल क्लवहरु, शिक्षकहरु लगायतको कार्यक्रममा उपस्थिती रहेको गुड नेवर्स इन्टरनेशनल नेपालका कार्यक्रम संयोजक मनकुमार राईले बताए ।

प्रतिक्रिया दिनुहोस्