| सोमवार, कार्तिक २३, २०८३

गतवर्षको प्रगती समीक्षा गर्दै गोनपा

गोरखा नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ को प्रगती समिक्षा कार्यक्रम गरेको छ । नगरपालिकामा आईतवार एक कार्यक्रमको आयोजना गरी १४ वटै वडा, नगरपालिको सम्पूर्ण शाखाले गत वर्ष संचालन गरेको कामको समिक्षा गरिएको प्रमुख प्रशासकिय अधिकृत दिनेशराज पन्तले बताए ।


‘कोभिड र चाडबाडको कारण गत वर्षको आन्तरिक समिक्षा हुन सकेको थिएन’ उनले भने ‘केही समय ढिला गरेर भएपनि अहिले गरेका हौँ ।’ गत वर्ष भएका कामको बारेमा जानकारी लिने, प्रगती के कति भयो भन्ने बारेमा थाहा पाउनका लागि समिक्षा गरिएको नगरपालिकाले जनाएको छ ।


१४ वटै वडाका वडा सचिवले गत वर्ष गरेको काम, घटना दर्ताको अभियलेख, योजनाको भौतिक र बित्तिय प्रगतीको बारेमा जानकारी गराएका थिए । वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, कर्मचारी लगायतको उपस्थितीमा उक्त समिक्षा कार्यक्रम भएको हो ।


कार्यक्रमका अध्यक्ष एवं नगरप्रमुख राजनराज पन्तले एक अर्को वडा बिच राम्रो कामको आदान प्रदान गर्न, नगरभित्रको सबै जानकारी कर्मचारी,जनप्रतिनिधिले थाहा पाउन समिक्षा कार्यक्रमले मद्धत पुगेको बताए । साथै उनले अगामी दिनमा सम्पन्न हुन नसकेको योजनाहरु कटौती गरेर राम्रो काम भएका योजनालाई प्राथमिकिकरण दिन पनि समिक्षा कार्यक्रमले मद्धत पुगेको बताए ।


उपप्रमुख बिनाकुमारी श्रेष्ठले चालु आर्थिक वर्षको चार महिना पुरा हुँदा समिक्षा केही ढिलो भएको तर यो आवश्यक रहेको बताईन । साथै उनले कर्मचारी, जनप्रतिनिधि बिचको समन्वयले राम्रो काम भएको अझै स्तरीय काम गर्नुपर्ने बताईन ।
इन्जिनियर प्रकाश ढकाल, अधिकृत चेतप्रसाद अम्गाई लगायतले समिक्षा कार्यक्रममा प्रगती प्रस्तुती र सहजिकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्