| सोमवार, कार्तिक २३, २०८३

रेडक्रसद्वारा बिपद् तथा कोभिड १९ संम्बन्धि अन्तक्रिया

नेपाल रेडक्रस सोसाईटी गोरखाले बिपद् एवं कोभिड १९ संम्बन्धी सरोकारवालाहरुसँग छलफल गरेको छ । आईतवार गोरखा सदरमुकाममा आयोजित उक्त कार्यक्रममा सहभागीहरुले आईपर्न सक्ने बिपद् र त्यसको ब्यवस्थापनका बारेमा धारणा राखेका थिए । साथै पछिल्लो समय जिल्लाको कोभिड १९ को अवस्था र सर्तकताको बारेमा पनि छलफल भएको रेडक्रस गोरखाले जनाएको छ ।


रेडक्रस गोरखाका सभापति भगवानबाबु मास्केको अध्यक्षता र सहायक प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीको प्रमुख आथित्यतामा कार्यक्रम भएको हो ।

रेडक्रस गोरखाले कोभिडका बेला त्रिपाल, कम्बल सहयोग गरेको, स्थानीय तह र स्वास्थ्य संस्थाहरु, सामाजिक संघ संस्था, सुरक्षा निकाय लगायतलाई मास्क, अक्सिमिटर प्रदान गरेको थियो । कोभिडका बेला रेडक्रस गोरखाले गरेको गतिविधीको बारेमा पनि जानकारी गराइएको रेडक्रस गोरखाका सुवास घिमिरेले बताए ।

रेडक्रस गोरखाले २५ वटा उपशाखा मार्फत पनि बिपद् र कोभिडको समयमा काम गर्दै आएको छ ।
अबपनि ११ वटै पालिकामा लागु हने गरी आइशोलेसन सेन्टरहरुलाई सहयोग गर्ने कार्यक्रम आएकाले सोही बारेमा पनि रेडक्रसले जानकारी गराएको उनले बताए ।

कार्यक्रममा जनता समाजवादी पार्टीका सुकदेब तामाङ, नेकपा एकिकृत समाजवादीका जिल्ला अध्यक्ष यादब बस्नेत लगायतले धारणा राखेका थिए । बैठकमा स्थानीय तहका जनप्रतिनिधि, स्वास्थ्य शाखाका कर्मचारीहरु लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्