
महिला उद्यमी बिकास समितिको स्थापना दिवश
गोरखा उद्योग वाणिज्य संघ अन्तर्गतको महिला उद्यमी बिकास समिति गोरखाले १० औं स्थापना दिवश मनाएको छ । सदरमुकामको बालमन्दिर माध्यमिक विद्यालयको अनाथालयमा रहेका विद्यार्थीहरुलाई खाना खुवाएर दिवश मनाएको समितिकी अध्यक्ष सुशीला श्रेष्ठले जानकारी दिईन् ।
उनीहरुलाई खाना खुवाउँदा पनि उनीहरुको अभिभावकको महशुस भएको अध्यक्ष श्रेष्ठको भनाई छ । उक्त विद्यालयमा जिल्ला भित्रका २६ जना अनाथ बालबालिकाहरुलाई आवासीय रुपमा निशुल्क खाने, बस्ने र पढ्ने व्यवस्था मिलाइएको छ । उनीहरुका लागि निरन्तर सहयोग उपलब्ध गराउने समितिले प्रतिबद्धता समेत जनाएको छ ।
कार्यक्रममा उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष कृष्णकुमार श्रेष्ठसहित अन्य पदाधिकारी र महिला उद्यमीहरुको पदाधिकारीहरु को उपस्थिति रहेको थियो ।




