
सिटिजन लाइफ इन्स्योरेन्स गोरखाद्वारा मृत्यु दावी भुक्तानी
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड गोरखा शाखाले मृत्यु दाबी रकम भुक्तानी गरेको छ ।
गोरखा नगरपालिका वडा नंबर १२ स्थित बीमितको घरैमा पुगेर आइतवार उक्त रकम प्रदान गरेको हो ।गोरखा नगरपालिका वडा नंबर १२ का ३२ बर्षिय कुमार तामाङले आफु प्रस्तावक रहि २०७६ फागुनमा आफ्नो छोराको नामबाट पाचँ लाखको सिटिजन बाल भबिष्य जीवन बीमा गराएका थिए ।
गत जेठमा कोभिड १९ को कारण उनको मृत्यु भएपछि त्यसकै आधारमा कम्पनीले बिमाङ्क रकम र काजक्रिया खर्च समेत गरि ५ लाख ५० हजार रुपैयां भुक्तानी गरेको हो ।
उक्त रकम वडा नंबर १२ का वडा अध्यक्ष डिल बहादुर थापा र सिटिजन लाइफ इन्स्योरेन्स गोरखाका शाखा प्रबन्धक हरिहर आचार्यले संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् ।
सिटिजन लाइफमा बाल भबिष्य जीबन बीमा गराएका अभिभावक को मृत्यु वा अंगभंग भएमा बिमाङ्क रकम तत्काल पाइने, बांकि कुनैपनि बिमाशुल्क बुझाउनु नपर्ने, बांकि अबधि भरि नै मासिक रुपमा बिमाङ्कको एक प्रतिशत बच्चाले पढाइ खर्च पाउने र अबधि सकिए पश्चात बिमाङ्क र बोनस् पाउने सुबिधा रहेको गोरखा शाखा प्रबन्धक हरिहर आचार्यले बताए ।
स्वर्गिय तामाङको छोराको बीमालेखको लागि बाँकी सबै किस्ता छुट गरिएको र अबधि भर बच्चालाई पढाइ खर्च मासिक पाचँ हजारका दरले भुक्तानी हुने शाखा प्रबन्धकले बताए ।




