
बालमन्दिर माविका पाँच जना विद्यार्थीहरुलाई छात्रवृत्ति
त्रिभुवन विश्वविद्यालय इतिहास विभागका विभागिय प्रमुख डा. हिकमत खत्रीले बालमन्दिर माविका विद्यार्थीलाई छात्रवृत्ति सहित खाद्यान्न, स्वास्थ्य सामाग्री बितरण गरेका छन् । बिहिवार एक कार्यक्रमा बिच उनले पाँच जना अनाथ बालवालिकालाई छात्रावृत्ती प्रदान गरेका हुन् ।
खत्रिले हरेक वर्ष पाँच जना विद्यार्थीलाई छात्रवृत्ति दिँदै आएका छन् । साथै चार÷पाँच महिनाको अन्तरालमा विद्यालयलाई खाद्यान्न तथा स्वास्थ्य सामाग्रीहरु प्रदान गर्दै आएको विद्यालयका प्रधानाध्यापक शिब थापाले बताए ।




