
गोरखा उद्योग बाणिज्य संघद्वारा मास्क बितरण सँगै सचेतना अभियान
गोरखा उद्योग बाणिज्य संघले मास्कसँगै कोभिड १९ बाट कसरी बच्ने भन्ने बारे सचेतना अभियान सञ्चालन गरेको छ ।
ब्यापारी ब्यवशायीलाई भेटेर संघका पदाधिकारीले कोरोना नियन्त्रण र रोकथामको उपाएर अपनाएर ब्यबशाय संचालन गर्न अनुरोध गरेका हुन् ।
मास्क अनिवार्य लगाउन अनुरोधसँगै मास्क पनि बितरण गरिएको संघका अध्यक्ष जिबनज्योती श्रेष्ठले बताए । यो अभियान निरन्तर चल्ने र संघले मातहतका इकाईहरुलाई पनि आफ्नो क्षेत्रमा स्वास्थ्य सुरक्षाको उपाय अपनाउन अनुरोध गर्ने उनले बताए । कोरोना संक्रमण दर बढ्दै गएको र सुरक्षित भएर ब्यापार ब्यवशाय गर्न, सकेसम्म ब्यवशाय बन्द हुने अवस्था आउन नदिन चेतनामुलक कार्यक्रम संचालन गरिएको अध्यक्ष श्रेष्ठले बताए ।




