| सोमवार, कार्तिक २३, २०८३

भच्चेक मिलन समाजद्वारा शिक्षक संघ गोरखाका पूर्व अध्यक्षलाई सम्मान

भच्चेक मिलन समाजले नेपाल शिक्षक संघ गोरखाका पूर्व अध्यक्ष बिजयप्रसाद अधिकारीलाई सम्मान गरेको छ । गुरु पूर्णिमाको अवसरमा समाजले एक कार्यक्रमका बिच ज्ञानज्योती मावि अजिरकोटका पूर्व प्रधानाध्यापक अधिरकाीलाई जिल्ला समन्वय समिति गोरखाका प्रमुख अशोक कुमार गुरुङले दोसल्ला र प्रमाणपत्रले सम्मान गरेका हुन् ।

शान्ति विद्या गृह लैनचौर काठमाण्डौँबाट विसं २०२० मा एसएलसी उर्तिण गरेका उनले २०२४ सालमा त्रिचन्द्र क्याम्पसबाट स्नातक उर्तिण गरेका थिए । उनले गोरखाको शक्ति मावि, अमरज्योती मावि, परोपकार आर्दश माविमा अध्यापन गराएका मिलन समाजका सचिव रामचन्द्र दुवाडीले बताए । समाजका यदुप्रसाद अधिकारीको अध्यक्षतामा उक्त कार्यक्रम भएको थियो ।

प्रतिक्रिया दिनुहोस्