
गुरु पूर्णिमाको अवसरमा गोरखामा शुभकामना अदानप्रदान
गुरु पूर्णिमाको अवसरमा नेपाल निवृत्त शिक्षक समाज गोरखाको आयोजनामा शनिवार शुभकामना आदान प्रदान कार्यक्रम गरिएको छ ।
द वल्ड क्यापिटल मावि रानीबन गोररखामा एक कार्यक्रमको आयोजना गरि दिबस मनाइएको समाजका जिल्ला सचिव रामबाबु श्रेष्ठले बताए ।
निवृत्त शिक्षक समाज गोरखाका अध्यक्ष प्रेमबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा समाजका केन्द्रिय प्रतिनिधी बाबुराम अर्याल, सदस्य कपिलबाबु अर्याल लगायतले धारणा राखेका थिए । वक्ताहरुले परापूर्वकालदेखि अहिले सम्म र भोली पनि गुरुहरु (शिक्षकहरु) महत्वबारे बताएका थिए ।
शिक्षण पेशामा कार्यरत एवं निवृत्त शिक्षकहरुमा सहभागीले गुरु पुर्णिमाको शुभकामना समेत ब्यक्त गरेका समाजका सचिव एवं कार्यक्रम सञ्चालक रामबाबु श्रेष्ठले बताए ।




