
नारेश्वर युवा समाजद्वारा ४४ जना विद्यार्थीलाई पोशाक र स्टेशनरी सहयोग
नारेश्वर युवा समाज गोरखा नगरपालिका वडा नम्बर ३ ले ४४ जना विद्यार्थीलाई विद्यालय पोशाक र स्टेशनरी सहयोग गरेको छ ।
वडा नम्बर ३ भित्रको चार वटा विद्यालयमा कक्षा १ देखि १० सम्म अध्ययन गर्ने गरिव, जेहेन्दार विद्यार्थी छनौट गरेर उक्त सामग्री बितरण गरिएको समाजले जनाएको छ ।
समाजका सदस्य रामकुमार भट्टले विद्यार्थीहरुलाई पोशाक र स्टेशनरी बितरण गरेका हुन् । यो तेस्रो चरणको सहयोग कार्यक्रम भएको र समाजले सहयोगलाई निरन्तरता दिने उनले बताए । नारेश्वर युवा समाजका प्रतिनिधी रामकुमार भट्टको उपस्थिती एवं बिन्धाबासिनी माध्यामीक विद्यालयका लेखाजोखा समिति अध्यक्ष गणेशहबादुर थापाको प्रमुख आथित्यतामा भएको कार्यक्रममा प्रधानाध्यापक उदयबहादुर भट्ट, भोजराज कोईराला, समाजसेवी ताराबहादुर खड्का लगायतले मन्तब्य राखेका थिए ।
‘नारेश्वरमा विकास गर्नुपर्ने कार्यहरु धेरै छन्, क्रमीक रुपमा खबरदारी तथा परिवर्तनका कार्यहरु लिगेर अगाडी बढ्ने’ युवा समाजका संयोजक लवकुमार भट्टले बताए ।
नारेश्वर युवा समाजको कार्यसमिती अन्तर्गत संयोजक लवकुमार भट्ट, सह संयोजक सुवास थापा, अदिश कोइराला विदेश प्रतिनिधि, सदस्य रामकुमार भट्ट, डिल बहादुर अधिकारी विदेश प्रतिनिधी, मिष्टरबाबु सुर्खेती, रुपेश विश्वकर्मा सदस्य गरी जम्मा सात जना मिलेर उक्त अभियान थालनी गरेका थिए ।
नारेश्वरको सान युवाजनशक्तिको अभियान, अहिले नगर कहिले गर्ने, हामीले नगरे कसले गर्ने भन्ने अभियानका साथ नारेश्वरमा जन्मिएर देश बिदेशमा रहेका युवाहरु संगठित भएका छन् ।





