
कोभिडका कारण समस्यामा परेका काठमाण्डौँ बस्ने चुमनुब्रीबासीलाई राहत बितरण
कोरोनाका कारण रोजगारी गुमाएका र अध्ययनका शिलशिलामा काठमाण्डौँ बस्दै आएका गोरखाको चुमनुब्री गाउँपालिकाबासीलाई राहत बितरण गरिएको छ ।
गोरखाको आरुघाट गाउँपालिका आरुपोखरी घर भएका नेपाली कांग्रेसका महासमिति सदस्य प्रेम खत्रीले एक सय १० जनालाई शनिवार राहत बितरण गरेका हुन् ।
‘जिल्लाबासी दाजुभाई दिदिबहिनी समस्यामा पर्नुभएको थाहा भएपछि मैले ब्यक्तिगत रुपमा खाद्यान्न राहत स्वरुप बितरण गरेका हुँ’ खत्रीले भने ।

दुर्गम ठाउँबाट शहरमा आएर नोकरी गर्न बसेका र अध्ययनका लागि बसेकालाई लामो समय कोरोनाको कारण बन्द हुँदा समस्या परेकाले सहयोग गरिएको उनले बताए ।
नेपाली कांग्रेस चुमनुब्री गाउँपालिका सम्पर्क समिति काठमाण्डौँका अध्यक्ष नबिन गुरुङ र गोरखा जिल्ला समन्वय समिति सदस्य छेवाङ ग्याल्जेन लामाको समन्वयमा राहत बितरण गरिएको कार्यक्रममा समन्वयकर्ता उत्तम अधिकारीले जानकारी दिए ।
एक सय १० बोरा चामल, तेल, साबुन लगायत गरी करिब तीन लाख रुपैयाँ बराबरको सहयोग गरिएको उनले बताए ।




