
रोटरी क्लव गोरखाद्धारा आइशोलेसन सेन्टरमा स्वास्थ्य सामग्री सहयोग
रोटरी क्लव अफ गोरखाले गोरखा नगरपालिकाले संचालन गरेको आइशोलेसन सेन्टरका लागि स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
झुल, ब्रस, साबुन लगायत सरसफाईको ५० सेट सामग्री सहयोग गरिएको रोटरी क्लव अफ गोरखाका अध्यक्ष काशिनाथ अम्गाईले बताए ।
अध्यक्ष अम्गाईले नगर प्रमुख राजनराज पन्तलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।




