| आइतवार, कार्तिक २२, २०८३

नेपाल विद्यार्थी संघ गोरखाका उपाध्यक्षद्वारा स्वास्थ्य सामाग्री सहयोग

नेपाल विद्यार्थी संघ गोरखाका उपाध्यक्ष शिवहरी तिमल्सिनाले भिमसेनथापा गाउँपालिका वडा नं ७ र ८ का लागि स्वास्थ्य सामाग्री सहयोग गरेका छन् ।


मंगलबार वडा नं ८ का वडा अध्यक्ष वासु थापामार्फत सो वडाका लागि र स्वास्थ्यचौकी इन्चार्ज चण्डिका भट्टमार्फत स्वास्थ्यचौकीका लागि मास्क, अक्सिमिटर, जिङ्कचक्की, भिटामीन सी र सेनिटाइजर लगायत स्वास्थ्य सामाग्री सहयोग गरेका छन् ।


गाउँपालिकाका अध्यक्ष इश्वर पाण्डे, वासु थापा, पत्रकार महासंघका पूर्वअध्यक्ष एवं एकोरावका महासचिव किशोरजंग थापा, पत्रकार महासंघका अध्यक्ष नरहरी सापकोटाको उपस्थितिमा तिमल्सिनाले उक्त सामाग्री हस्तान्तरण गरेका हुन ।


उक्त स्वास्थ्य सामाग्री कोरोना संक्रमित र प्रभावित क्षेत्रका स्थानीयका लागी वितरण गरिने वडा नं ८ का वडा अध्यक्ष वासु थापाले बताए , त्यस्तै गाउँपालिकाका अध्यक्ष इश्वर पाण्डेले स्वास्थ्य सामाग्री सहयोग गरेकोमा नेविसंघ गोरखाका उपाध्यक्ष शिवहरी तिमल्सिनालाई धन्यवाद व्यक्त गरेका थिए ।


तिमल्सिनाले कोरोना प्रभावित क्षेत्रमा आफ्नो व्यक्तिगत रुपमा स्वास्थ्य सामाग्री सहयोग गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्