
जेसिजको समन्वयमा युवा ब्यवशायी बन्जाराद्धारा गोरखामा स्वास्थ्य सामग्री सहयोग
गोरखा जेसिज गोरखाको समन्वयमा युवा ब्यवशायी आकाश बन्जाराले कोरोना रोमथाम र नियन्त्रणमा अग्रपंक्तिमा खटिने ब्यक्तिहरुलाई स्वास्थ्य सामग्री बितरण गरेका छन् ।
नेपाल प्रहरी, शसस्त्र प्रहरी, जिल्ला प्रशासन कार्यालय गोरखा, नेपाल पत्रकार महासंघ गोरखालाई मास्क, सेनिटाईजर लगायतका सामग्री उनले सहयोग गरेका हुन् ।
उक्त सामग्री गोरखा जेसिजका अध्यक्ष प्रबिण बस्नेतले बुधवार सम्ंबन्धित कार्यालयमा हस्तान्तरण गरेका छन् ।
कोभिड १९ को रोकथाम, न्यूनिकरणमा सहयोग पु¥याउन खटिएकाहरुलाई १० हजार थान मास्क र दुई सय थान सेनिटाईजर बन्जाराले सहयोग पठाएका हुन् ।
बाँकी केही मास्क र सेनिटाईजर ग्रामिण भेगका स्वास्थ्य संस्था जहाँ मास्क, सेनिटाईजर अभाव छ त्यहाँ पठाउने गरी समन्वय भईरहेको गोरखा जेसिजका अध्यक्ष प्रबिण बस्नेतले बताए ।
गोरखाको आरुघाट गाउँपालिका घर भएका बन्जारा ग्लोबल गोरखा समाजका कोषाध्यक्ष समेत हुन् । उनले यस अघि पनि बिभिन्न ठाउँमा स्वास्थ्य सामग्री, खाद्यान्न लगायतका सहयोग गर्दै आएका छन् ।







