
बगुवाको कशिन्थोक टोलमा घरघरै स्वास्थ्य सामग्री बितरण
गोरखाको भीमसेन थापा गाउँपालिका वडा नम्बर ५ स्थित बगुवाको कसिन्थोक टोल बिकास संस्थाले घरघरै स्वास्थ्य सामग्री बितरण गरेको छ ।
कोरोना भाईरसको जोखिम बढ्दै गएको र गाउँगाउँमा पनि त्रास बढेपछि संस्थाले आफ्ना सदस्य घरधुरीका परिवारलाई मास्क, सेनिटाईजर र साबुन बितरण गरेको हो ।
टोलभित्रका ६५ घरधुरीलाई एक प्याकेट मास्क, एक सय मिलिलिटर सेनिटाईजर र दुईवटा डिटोल साबुन बितरण गरिएको अध्यक्ष कुबीर पौडेलले बताए । टोलका मानिसलाई कोराना जोखिम कम गर्न गराउन उक्त सामग्री बितरण गरिएको उनले बताए ।




