
बुधबार रातीदेखी गोरखा जिल्ला पुरै निषेधाज्ञा
गोरखामा स्थानीय प्रशासनले पुरै जिल्ला निषेधाज्ञा गर्ने भएको छ ।
जिल्ला कोभिड १९ संटक ब्यवस्थापन केन्द्र (डिसिसिएमसी)ले बैठक बसेर जिल्ला सुरक्षा समितिले विश्वव्यापीरुपमा फैलिरहेको नयाँ भेरियन्ट सहितको कोभिड १९ को संक्रमण जिल्लामा फैलिरहेको जोखिमपूर्ण अवस्थालाइ मध्यनजर गर्दै २०७८/०१/२२ गते राती १२ बजे देखी २०७८/१/३१ गते राती १२ बजेसम्म गोरखा जिल्ला भरि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ ।





