
मानसिक अवस्था कमजोर भएकी एक महिलाको उद्धार
मानव सेवा आश्रम गोरखाले मानसिक अवस्था कमजोर भएकी एक महिलाको उद्धार गरेको छ । धार्चे गाउँपालिका वडा नम्बर २ केरौँजाबाट १९ वर्षीया शर्मिला गुरुङको उद्धार गरिएको मानव सेवा आश्रमकी मुना लामाले बताइन् ।
मानसिक सन्तुलन कमजोर भएकी उनको परिवारको आर्थिक अवस्था पनि कमजोर रहेकाले रेखदेख र बसाइको उचित ब्यवस्थाका लागि सहयोग गरिदिन गाउँपालिकाले मानव सेवा आश्रम गोरखालाई अनुरोध गरेपछि उनको उद्धार भएको हो ।




