| आइतवार, कार्तिक २२, २०८३

ट्याक्सी ब्यबसायीद्वारा ‘मास्क खै त ?’ अभियान सञ्चालन

गोरखा मनकामना यातायात सेवा प्रालिले बुधबार बसपार्क, हरमटारी र १२ किलो क्षेत्रमा ‘तपाईको माक्स खै त ?’ अभियान सञ्चालन गरेको छ । कोरोनाबाट आपूm बचौँ र अरुलाई पनि बचाउँ भन्ने मूल नाराका साथ प्रहरीसँगको सहकार्यमा उक्त अभियान सञ्चालन गरिएको यातायत सेवाका महासचिव सुमन कार्कीले जानकारी दिए ।


गाडीमा सवार यात्रु, पैदल यात्री तथा बाटोमा भएका जति पनि माक्स नलगाइ हिडेकालाई माक्स सित्तैमा वितरण गरिएको र सधै प्रयोग गर्न सुझाव दिइएको कार्कीले बताए । साथै बढ्दै गएको कोभिड १९ को असरको बारेमा पनि सचेत गराएको उनले बताए ।


उक्त अभियानलाई प्रतिभा मेडिकल हल छेपेटारले २ प्याकेट माक्स सहयोग गरेको अध्यक्ष सुरेन लामिछानेले बताए ।

प्रतिक्रिया दिनुहोस्