
मकैपुरको विद्यालयलाई राहत सामग्री हस्तान्तरण
लायन्स क्लब अफ काठमाडौ मेट्रोसिटीले गोरखाको शहिद लखन गाउपालिका वडा-७ मा रहेको मकैपुर आधारभुत विद्यालयलाई नगद तथा शैक्षिक सहायता सामग्री हस्तान्तरण गरेको छ । शहिद लखन गाउपालीका वडा ७ कार्यालयको समन्वयमा क्लवले स्कुल ब्याग, विद्यालय पोशाक तथा नगद हस्तान्तण गरेको हो ।
क्लवले ३२ थान स्कुल ब्याग, ३२ जोर ट्रयाक सुट, र नगद ५० हजार रुपैयाँ हस्तान्तरण गरेका वडा अध्यक्ष शरण श्रेष्ठले जानकारी दिए ।
सोही क्रममा शहिद लखन गापा वडा ७ बुङकोट कोटगाउको धनबहादुर श्रेष्ठ र पोशकुमारी श्रेष्ठका अपाङ्ग छोराछोरीहरुलाई ३० हजार रुपैयाँ नगद सहयोग हस्तान्तरण गरिएको थियो ।
कार्यक्रमको लायन्स क्लव अफ काठमाडौ मेट्रोसिटीका फत्तबहादुर गुरुङको अध्यक्षतामा र वडा अध्यक्ष शरण श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । लायन्स क्लब अफ काठमाडौ मेट्रो सिटीमा आवद्ध गुरुङ शहीदलखन गाउँपालिका ७ का स्थानीयबासी हुन् ।
सो कार्यक्रममा स्थानीय गन्जबहादुर गुरुङ, बिब्यस अध्यक्ष, जोन चिअरपरसन अच्चुतलाल श्रेष्ठ, लायन्स क्लब अफ गोरखाका अध्यक्ष श्यामबाबु श्रेष्ठ, रामहरी फुयाल, हिरा कटुवाल, अनिसल तामाङ्ग, राजेश काहुचा, बिब्यसका सदस्यहरु, शिक्षिका, समाजसेवी किरण बाबु श्रेष्ठ, स्थानीय बासिन्दा, बिद्यार्थीहरुको उपस्थिति रहेको थियो ।




