
नेविसंघको स्थापना दिवसमा विभिन्न कार्यक्रम
विभिन्न कार्यक्रम गरी नेपाल विद्यार्थी संघ गोरखाले ५२ औं स्थापना दिवस मनाएको छ ।
संघले शनिबार बेलुकाको हावा हुरीले घरको छाना उँडाएका अजिरकोट गाउँपालिका वार्ड ४ सिम्जुङका आसमान गुरुङलाई जस्तापाता सहयोग गरेको छ ।

नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमितिले उनलाई घर छाउनका लागि दुई बन्डल जस्तापाता सहयोग प्रदान गरेको छ । त्यस्तै सोमबार गोरखा नगरपालिका ६ स्थित बाल मन्दिर माविमा अध्ययनरत अनाथ बाल बालिकाहरुलाई शैक्षिक सामाग्री प्रदान गरेको नेविसंघका उपाध्यक्ष शिवहरी तिमल्सिनाले जानकारी दिए ।


नेपाल विद्यार्थी संघ गोरखाका अध्यक्ष सुवास अधिकारीको अध्यक्षतामा भएको सहयोग हस्तान्तरण कार्यक्रममा नेपाली काङ्ग्रेस गोर्खा क्षेत्र नं. २ का सभापति गोबिन्द गुरुङ, नेपाल शिक्षक संघका पूर्ब केन्द्रीय सदस्य लुमनाथ लामिछाने, प्याव्सन गोरखाका अध्यक्ष सिताराम तिवारी, नेपाल शिक्षक संघ गोरखा अध्यक्ष शिब थापा लगायतको उपस्थिति रहेको थियो ।




