| आइतवार, कार्तिक २२, २०८३

पब्लिक क्याम्पस संघको अध्यक्षमा मास्के


नेपाल पब्लिक क्याम्पस संघ जिल्ला समितिको अध्यक्षमा धिरजबहादुर मास्के सर्वसम्मत चयन भएका छन् । शनिबार सम्पन्न भेलाले द्रव्यशाह बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष मास्केलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।


भेलाले समितिको उपाध्यक्षमा टुकनाथ अधिकारी(दुल्लभ क्याम्पस), सचिवमा पिताम्बर देवकोटा(भवानी क्याम्पस), कोषाध्यक्षमा कुशललाल श्रेष्ठ(द्रव्यशाह) चयन भएका छन् । त्यस्तै सदस्यहरुमा सञ्जय तिमल्सेना(जौबारी), लक्ष्मीकान्त खनाल(भीमोदय) र कमल भट्ट(घ्याम्पेशाल) चयन भएका छन् ।


गोरखामा द्रव्यशाह बहुमुखी क्याम्पस, भीमोदय क्याम्पस, भवानी क्याम्पस, परोपकार क्याम्पस र दुल्लभ क्याम्पस गरी पाँचवटा सामुदायिक क्याम्पसहरु सञ्चालित छन् । प्रत्येक क्याम्पसबाट क्याम्पस प्रमुख, सञ्चालक समितिका अध्यक्ष र प्राध्यापक प्रतिनिधि गरी तीनतीन जना भेलामा सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्