| आइतवार, कार्तिक २२, २०८३

मानव सेवा आश्रम गोरखाको चौँथो वार्षिकोत्सव

मानव सेवा आश्रम गोरखाले चौँथो वार्षिकोत्सव मनाएको छ । बिहिवार आश्रममा आयोजित एक कार्यक्रमका बिच वार्षिकोत्सव मनाइएको आश्रमकी मुना लामाले बताईन । अहिले आश्रममा ४१ जना बालवालिका सहित ४५ जनाले आश्रय लिईरहेका छन् ।
२०७३ चैत्र ५ गते गोरखामा स्थापना भएको उक्त संस्थाले स्थापना दिवशको अबसर पारेर वार्षिक प्रतिवदेन सार्वजानिक गरेको छ ।

गत आर्थिक वर्षमा ४४ लाख १३ हजार पाँच सय १२ रुपैैयाँ बराबरको आर्थिक कारोवार भएको छ उक्त आश्रमले २०७६ साउन देखि ३०७७ असार मसान्तसम्म जिल्लाका विभिन्न स्थानीय तह, अन्य सरकारी कार्यालय, विभिन्न सामाजिक संघ सस्था र सहयोग व्यक्तिबाट रकम संकलन गरेको आश्रमकी मुना लामाले जानकारी दिइन ।
सबै भन्दा धेरै ७ लाख ३९ हजार ४४३ रुपैयाँ घर बाहलमा खर्च भएको छ । आश्रम अभिभावक परिवाका अध्यक्ष शित्तलकाजी मास्केको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गोरखा नगरपलिकाका प्रमुख राजनराज पन्त, सहायक प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारी, प्रहरी प्रमुख एसपी शेखर खनाल, रेडक्रस सभापति भगवानबाबु मास्के लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्