| सोमवार, कार्तिक २३, २०८३

धार्चेको माछाखोलामा शिक्षक संघको तेस्रो प्रतिनिधि सभा

धार्चे गाउँपालिका स्तरीय शिक्षक संघको तेस्रो प्रतिनिधि सभा तथा नेतृत्व क्षमता बिकास प्रशिक्षण कार्यक्रम गोरखाको धार्चे गाउँपालिकामा शनिवार सम्पन्न भएको छ ।

धार्चे गाउँपालिकाका शिक्षक संघका अध्यक्ष रामचन्द्र गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिति नेपाली कांग्रेसका जिल्ला सचिव नन्दप्रसाद न्यौपाने, विषेश अथिति लुमनाथ लामिछाने रहेका थिए ।

उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष सन्तोष गुरुङ, उपाध्यक्ष फुलमाया गुरुङले मन्तब्य राखेका थिए ।
प्रशिक्षणमा शिक्षकको पेसागत हक हितको बारेमा छलफल भएको सहभागी शिक्षक बिरबल गुरुङले जानकारी दिए । शिक्षक संघमा यस अघि ७० जना रहेकोमा अहिले थप भएर ८४ जना सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्