
दुल्लभ क्याम्पसको ब्यवस्थापन समिति गठन
गोरखाको भिमसेन थापा गाउँपालिका ५ मा रहेको दुल्लभ क्याम्पसको नयाँ ब्यवस्थापन समिति गठन गरिएको छ ।
शनिवार भएको तेह«ौँ साधारण सभा एवं चौँथो अधिवेशनले टुकनाथ अधिकारीको अध्यक्षतामा समिति गठन गरेको हो ।
समितिको उपाध्यक्षमा युवराज बस्ताकोटी र नारायण प्रसाद भट्टराई, कुबिर पौडेल, कृष्ण गुरुङm शिबप्रसाद भट्ट, कुलप्रसाद भट्ट, सुनिता अधिकारी, बासु भट्ट,धु्रब भट्ट, कृष्णबहादुर गुरुङ, खिला शर्मा भट्टराई सदस्य चयन भएका छन् ।
क्याम्पस प्रमुख कमल भट्टलाई सदस्य सचिव तोकिएको छ । कार्यक्रममा भिमसेन थापा गाउँपालिका अध्यक्ष इश्वर पाण्डेको प्रमुख आथित्यता र उपाध्यक्ष बिनु वाग्लेको विषेश उपस्थिती रहेको थियो ।




