
गोरखामा जोखिम न्यूनीकरण र पूर्वतयारी बारे जानकारी मुलक पुस्तक लोकार्पण
जोखिम न्यूनीकरण र पूर्वतयारी नामक सचेतना मूलक पुस्तक शुक्रवार लोकार्पण गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराई र जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार गुरुंङ्गले पुस्तकको लोकार्पण गरेका हुन् ।
मनसुनजन्य विपद्का कारण क्षति भएका निजी आवासको पुनर्निर्माण लगायत विषयमा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा पुस्तक लोकार्पण गरिएको हो ।
पुस्तक लोर्कापण गर्दै प्रमुख जिल्ला अधिकारी भट्टराईले प्राकृतिक विपद् जोखिम न्यूनीकरण कसरी गर्ने र पूर्व तयारी अवस्थामा रहने भन्ने सम्बन्धी सचित्र विवरण समेटिएको पुस्तकले समुदाय स्तरमा विपद् जोखिम न्यूनीकरणमा मद्दत पुग्ने बताए ।
भारत सरकारद्धारा सहयोग प्राप्त नेपाल आवास पुनर्निर्माण परियोजना, गोरखाले प्रकाशन गरेको पुस्तक गोरखाका सबै पालिका तथा वडामा पु¥याईने परियोजनाका जिल्ला संयोजक राम सापकोटाले बताए ।
पुस्तकमा भुकम्प, पहिरो, उच्च हावाको बहाव, आगलागी, बाढी र चट्यांग जस्ता विपद् जोखिम न्यूनीकरण र पूर्वतयारी बारे सचित्र जानकारी समेटिएको उनले बताए ।





