| आइतवार, कार्तिक २२, २०८३

‘गण्डकी समाज, सभ्य समाज’ अभियान आजदेखि

दरौंदी समाचारदाता

गण्डकी प्रदेश सरकारले सञ्चालन गरेको ‘गण्डकी समाज, सभ्य समाज’ अभियान शुक्रबारदेखि गोरखामा सुरु हुने भएको छ ।
सदरमुकामको शक्ति माध्यमिक विद्यालयमा सो अभियान सञ्चालन गर्ने अभियानका फोकल पर्सन बद्री अर्यालले जानकारी दिए । ‘शुक्रबार दुईबजे उपमेयर विनाकुमारी श्रेष्ठले अभियानको उद्घाटन गर्नुुहुनेछ’, उनले भने, ‘हरेक शुक्रबार पन्द्रहप्तासम्म यो अभियान सञ्चालन हुनेछ ।’

अभियानअन्तर्गत कक्षा नौदेखि बाह्र कक्षासम्मका बालबालिकालाई चेलीबेटी बेचबिखनविरुद्ध, टूाफिक नियमसम्बन्धी, सकारात्मक सोचसम्बन्धी, लागुपदार्थ दुव्र्यसनीविरुद्ध लगायतका १५ शीर्षकमा सचेतना अभियान सञ्चालन गरिने फोकल पर्सन अर्यालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्