| सोमवार, कार्तिक २३, २०८३

पाठ्यक्रम संम्बन्धी शिक्षकहरुलाई अभिमुखिकरण

पाठ्यक्रम र पाठयपुस्तक सम्बन्धी दुई दिने अभिमुखीकरण गोरखा नगरपालिका वडा नम्बर ९ लक्ष्मी बजार स्थित द्रब्यशाह बहुमुखी क्याम्पसमा भएको छ ।
चालु शैक्षिक सत्रवाट लागु गरिएको कक्षा ११ को नयाँ पाठ्यक्रम अनुसार अनिवार्य अंग्रेजी र ऐच्छिक अंग्रेजी विषय पढाउने शिक्षकहरुलाई अभिमुखिकरण गरिएको हो ।
कार्यक्रममा गोरखा बिभिन्न माध्यमिक विद्यालयहरुबाट ४२ जना विषयगत शिक्षकहरु सहभागी भएका थिए ।

पाठ्यक्रम बिकास केन्द्र अंग्रेजी बिषयको पाठ्यक्रम निर्माण समितिका प्रमुख प्रा.डा.बालमुकुन्द भण्डारी र त्रिभुवन विश्वविद्यालयका सह प्राध्यापक लोक राज रेग्मीले सहभागी शिक्षकहरुलाई पाठ्यक्रम–पाठयपुस्तक, पाठ्यवस्तु, अपनाउनु पर्ने पद्दती, मूल्यांकन प्रणाली, पठनपाठनमा सूचना प्रणाली को प्रयोग, परिवर्तित नयाँ पाठ्यक्रमवाट मुलुकले राखेको अपेक्षा लगायतका विषय वस्तुहरूको वारेमा सहजिकरण गरेका थिए । स्तरिय पठनपाठनको बिकास र जिल्लाको शैक्षिक स्तरोन्नतीका लागि उक्त कार्यक्रम सञ्चालन गरिएको क्याम्पस प्रमुख रामचन्द्र दुवाडीले बताए ।

प्रतिक्रिया दिनुहोस्