
लायन्स क्लव अफ आँबुखैरेनी सिटी सामाजिक काममा अझै सक्रिय रहने
लायन्स क्लव अफ आँबुखैरेनी सिटी सामाजिक क्षेत्रका काममा अझै सक्रिय रहने सदस्यहरुले बताएका छन् ।
शनिवार गोरखा नगरपालिका १३ सिमलगैरीमा अयोजित बनभोज कार्यक्रममा सहभागी सदस्यहरुले सेवा गर्ने भाबनालाई बढाउँदै लैजाने बताएका हुन् ।
लायन्स क्लव अन्तराष्ट्रिय ३२५ बि वान् का क्लस्टर चिफ राजकुमार श्रेष्ठको प्रमुख आथित्यतामा भएको कार्यक्रममा एक सय भन्दा बढी लायन्स परिवार सहभागी थिए ।
लायन्स क्लव अफ आँबुखैरेनी सिटीका अध्यक्ष शिब खनालको अध्यक्षतामा भएको कार्यक्रममा गायक चन्द्र परियारले सांगितिक प्रस्तुती दिएका थिए ।




