
साथी नेपालद्वारा काशिगाउँका विद्यार्थीलाई सहयोग
कास्कीमा रहेको साथी नेपाल नामक गैरसकारी संस्थाले गोरखाको दुर्गम काशिगाउँका विद्यार्थीहरुलाई झोला र स्टेशनरी सामग्री वितरण गरेको छ ।
धार्चे गाउँपालिका वडा नं. ६ का तीनवटा विद्यालयका ६०३ जना विद्यार्थीलाई झोला, कापी, कलम, जोमेट्रीबक्स, प्राक्टिकल कापीहरु वितरण गरिएको वडाअध्यक्ष धनकुमार घलेले जानकारी दिए ।
संस्थाका प्रतिनिधिहरु लेखा अधिकृत पूणर्बहादुर बिक, दानबहादुर भुजेल, विष्णु गुरुङ र धनकुमारी अधिकारीले उपलब्ध गराएका सो शैक्षिक सामग्री वडाअध्यक्ष घलेमार्फत हस्तान्तरण गरिएको हो ।




