| सोमवार, कार्तिक २३, २०८३

पत्रकार केशव गुरुङ पुरस्कृत

गोरखाका पत्रकार केशब गुरुङ पुरस्कृत भएका छन् । सिआई टेकबहादुर गुरुङ तथा रस कुमारी गुरुङ पत्रकारिता पुरस्कार २०७७ बाट नयाँ पत्रिकाका गोरखा जिल्ला संवाददाता गुरुङ पुरस्कृत भएका हुन् ।

नगद पाँच हजार सहित सुचना तथा संचारमन्त्री पार्वत गुरुङले उनलाई पुरस्कृत गरेका हुन् । गोरखा लाप्राक घर भएका उनी गोरखाका अन्य स्थानीय संचार माध्यममा पनि आवद्ध छन् ।
यस्तै सोही अवसरमा तमु पत्रकारिता पुरस्कार २०७७ बाट संचार क्षेत्रमा क्रियाशील अन्य सात जना पत्रकार पनि शनिवार आयोजित तमु पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् ।

प्रतिक्रिया दिनुहोस्