| सोमवार, कार्तिक २३, २०८३

धार्चेका छ वटा विद्यालयलाई स्वास्थ्य सामग्री सहयोग

धार्चे गाउँपालिका वडा नम्बर ७ लापु गाउँ स्थायी घर भई हाल अमेरिका बस्ने एक दम्पतीले सो वडाका छ वटा विद्यालयलाई स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।

आले गुरुङ र सरिता गुरुङले सबै विद्यालयलाई दुई–दुई लिटरको १२ वटा सेनिटाईजर तथा तीनहजार सातसय थान मास्क सहयोग गरेका शान्ति आधारभुत विद्यालय, पौटुका प्रधानाध्यापक बिरबल गुरुङले बताए ।

कालारात्री मावि लापु, प्रभातकिरण मावि लापुवेशी, गंगाजमुना आधारभुत विद्यालय भीरकुना, गोरखनाथ आधारभुत विद्यालय खानीगाउँ, शान्ति आधारभुत विद्यालय पौटु र हिमालय आधारभुत विद्यालय ठाँटीका लागि उक्त सामग्री उपलब्ध गराइएको हो ।

स्वास्थ्य सामग्रीका लागि गुरुङ दम्पतिसँग समन्वय गरिरहेका वीरबल गुरुङले प्रत्येक विद्यालयमा पुगेर स्वास्थ्य सामग्री आइतबार हस्तान्तरण गरेको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्