
टेलरिङ ब्यवशायी संघद्वारा असाहाय विद्यार्थीलाई पोशाक बितरण
गोरखा टेलरिङ ब्यवशायी संघले सदरमुकामको बालमन्दिर माध्यामिक विद्यालय र सरस्वती मावि आहालेका विद्यार्थीलाई पोशाक बितरण गरेको छ ।
स्थापना दिबसको अवसर पारेर सोमवार विद्यालयमै पुगेर पोशाक बितरण गरिएको संघका जिल्ला महासचिव सोम अच्छामीले बताए ।
बालमन्दिर माविमा २४ जना र सरस्वती माविमा १७ जना विद्यार्थीलाई पोशाक बितरण गरिएको हो ।
४१ सेट विद्यालय पोसाकको प्रतिसेट एक हजार छ सय रुपैयाँमा तयार भएको संघले जनाएको छ ।
संघका जिल्ला अध्यक्ष राजेन्द्र सिर्मलले विद्यालयमा आयोजित एक कार्यक्रमका बिच विद्यार्थी समेतको उपस्थितीमा प्रधानाध्यापकलाई हस्तान्तरण गरेका हुन् ।




