
अजिरकोट वडा नम्बर ४ को कार्यालय र विद्यालय मंसीर २ सम्म बन्द
गोरखाको अजिरकोट गाउँपालिका मा कार्यरत दुई जना कर्मचारीलाई कोरोना पोजेटिभ पुष्टि भएपछि वडा कार्यालय बन्द गरिएको छ ।
वडा अध्यक्ष जंगबहादुर गुरुङले बिज्ञप्ती जारी गर्दै वडाभित्रका कर्मचारी र केही स्थानीयमा कोरोना देखिएकाले सेवा बन्द गरिएको बताएका छन् ।
कन्ट्याक्ट टे्रसिङ गर्नुपर्ने भएको र समुदायमा संक्रमण दर फैलन नदिन भन्दै सो कार्यालयले देउशी भैलो खेल्न नपाउने, संघ संस्था, बित्तिय संस्थाहरुले गर्दै आएको भेला बन्द गर्न वडा कार्यालयले अनुरोध गरेको छ । कक्षा ११ को परीक्षा बाहेकका पठन पाठन बन्द गर्न बिज्ञप्ती मार्फत भनिएको छ ।
अत्यावश्यक काम परेमा टेलिफोन गरेर सेवा लिन अनुरोध गरिएको वडा अध्यक्ष गुरुङले बताए ।




