
वडा भित्र कोरोना संक्रमित बढेपछि बुङ्कोटमा विद्यालय पुन बन्द
शहिदलखन गाउँपालिका ७ र ८ बुङ्कोटका विद्यालय पुन बन्द भएका छन् ।
सिकाई सहजिकरण गर्न केही समय अघिदेखि संचालन भएका विद्यालय विद्यार्थीमा कोरोनाको जोखिम हुन सक्ने भन्दै बन्द गरिएको वडा अध्यक्ष शरण श्रेष्ठले बताए ।
आईतवार बुङ्कोटका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
आइतबार वडा नम्बर ७ को कार्यालयमा विद्यार्थी सिकाई सहजिकरण ब्यबस्थापन समितीको बैठकले विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
समुदायमा कोरोना देखिएसँगै विद्यार्थी विद्यालय आउजाउ गर्दा धेरै जना सँग सम्पर्क हुन सक्ने खतरा औँल्याउँदै कन्ट्याक्ट ट्रेसिङको रिपोर्ट नआउँदा सम्म विद्यालय बन्द गर्ने निर्णय भएको हो ।
गाउँपालिका उपाध्यक्ष इन्दिरा तिवारी लगायत वडाध्यक्षहरु श्रेष्ठ, काशिनाथ अम्गाई, गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विरेन्द्र श्रेष्ठ, विद्यालयका प्रधानाध्यापकहरु, स्थानीय बुद्धिजिवी लगायत सरोकारवालाहरुको बैठकमा उपस्थिती रहेको थियो ।




