| सोमवार, कार्तिक २३, २०८३

काशिगाउँका तीनवटै विद्यालयलाई स्वास्थ्य सामग्री सहयोग

गोरखाको धार्चे गाउँपालिका ६ काशिगाउँको तीवटै विद्यालयलाई लेस बिस्टाररिस नामक गैरसरकारी संस्थाले स्वास्थ्य सामग्री सहयोग गरेको छ । आईतवार वडा कार्यालय मार्फत ति विद्यालयका लागि पाँच हजार थान मास्क, एक सय लिटर सेनिटाईजर र एक थान थर्मल गन उपलब्ध भएको वडा अध्यक्ष धनकुमार घलेले बताए ।

मञ्जुश्री माध्यामिक विद्यालय, सुर्यदेवी प्रावी यार्सा, चन्द्रदेवी प्रावी चामखर्कका सबै विद्यालयका विद्यार्थीलाई उक्त सामग्री उपलब्ध गराइएको अध्यक्ष घलेले बताए । लाप्राककी सिता गुरुङको समन्वयमा उक्त संस्थाले स्वास्थ्य सामग्री उपलब्ध गराएको हो । विद्यालय संचालन भएको र विद्यार्थी सबै सँग मास्क नभएकाले उपलब्ध गराइएको हो । त्यहाँका सबै विद्यालयले विद्यार्थीलाई विद्यालय आउँदा मास्क अनिवार्य गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्