| मङ्लबार, जेष्ठ ११, २०८३

दमौलीमा ‘नो हर्न, नो ओभरटेक’

जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले बुधबारदेखि दमौली बजारमा हर्न बजाउन र ओभरटेक गर्न निषेध गरेको छ । दमौली बजारभित्र तीव्र गतिमा सवारी चलाउने क्रम बढेपछि ट्राफिक प्रहरी कार्यालयले ‘नो हर्न र नो ओभरटेक’ को अवधारणा ल्याएको हो ।

अनावश्यक रुपमा हर्न बजाउने र ओभरटेक गर्ने प्रवृत्तिले दुर्घटना बढाएकाले दुर्घटना न्यूनीकरणका लागि यो अभियान शुरु गरिएको ट्राफिक प्रहरी कार्यालयका प्रमुख रेशम रानाभाटले जानकारी दिए । ‘तीव्र गतिमा सवारी हाँक्दा दुर्घटनाको जोखिम र अनावश्यक रुपमा हर्न बजाउँदा कोलाहल हुने भएकाले यो अभियान शुरु गरेका हौ,’ उनले भने, ‘शुरु शुरुमा सवारी चालकलाई यसबारेमा जानकारी गराउने र अटेरी गर्नेलाई कानून बमोजिम कारवाही गर्छौ ।’

प्रहरीको यो अभियानलाई तनहुँ उद्योग वाणिज्य स‌ंघ दमौली बजार एकाईले साथ दिएको छ । एकाइले प्रहरीलाई सचेतनामूलक चार वटा स‌ंकेत सामग्री हस्तान्तरण गरेको छ । स‌ंकेत सामग्रीमा तीव्र गतिमा सवारी नचलाऔँ, ओभरटेक नगरौं र हर्न नबजाऔँ भन्ने सचेतनामूलक सन्देश राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्