| सोमवार, कार्तिक २३, २०८३

गोरखा क्याम्पसको प्रशासनिक काम पनि भदौ १५ सम्म बन्द

त्रिभुवन विश्व विद्यालय अन्र्तगतको गोरखा क्याम्पस गोरखाले भदौ १५ गते सम्म क्याम्पसको प्रशासनिक काम बन्द गरेको छ ।

क्याम्पस प्रमुख रामशरण बानियाँले आज एक सुचना जारी गर्दै त्रिविले आईतवार निर्णय गरे अनुसार गोरखा क्याम्पसको सेवा पनि बन्द गरिएको बताए ।

शिक्षक र कर्मचारीलाई आफ्नो शाखा प्रमुख सँग सम्पर्कमा रहन समेत क्याम्पसले अनुरोध गरेको छ ।

पहिलो चरणको लकडाउन खकुलो भएसँगै क्याम्पसमा पठन पाठन बन्द रहेपनि प्रशासनिक काम चलिरहेको थियो । केही समय क्याम्पसले अनलाई कक्षा समेत चलाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्