| शुक्रबार, साउन ३०, २०७७

मणिकामदेवी माविलाई २० थान कम्यूटर हस्तान्तरण

पोखराको कर्मा फ्लाइट र ए टु टेक नेपाल नामक गैरसरकारी संस्थाले गोरखाको दुर्गम गाउँ लाप्राकको मणिकामदेवी मावि लाप्राकका लागि कम्प्यूटरलगायत उपकरण सहयोग हस्तान्तरण गरेको छ ।

दुई संस्थाले संयुक्त रुपमा २० थान कम्प्युटर, एकथान ल्यापटप, एकथान ओभरहेड प्रोजेक्टर र एकसेट युपिएस(ब्याकअप) हस्तान्तरण गरेको विद्यालयका प्रधानाध्यापक धनबहादुर गुरुङले जानकारी दिए ।

कम्यूटर, ल्यापटप पाएपछि शिक्षक, विद्यार्थी तथा अभिभावक पनि खुशी भएको प्रअ गुरुङले बताए । किताबमा देखेको कम्प्यूटर अब आफ्नै कक्षा कोठामा पाएपछि प्रयोगात्मक गर्न पाउने भन्दै विद्यार्थी खुशी भएका प्रअ गुरुङले बताए ।

आधुनिक उपकरणलाई प्रयोगात्मक गर्न पाएपछि विद्यार्थीहरु पनि बदलिँदो नयाँ युगमा अरु विद्यालयसंग प्रतिष्पर्धा गर्न सक्ने उनले विश्वास ब्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्