| शनिबार, बैशाख ८, २०८१

संभव नेपालद्धारा आरुघाटका १५ सय ५० विद्यार्थीलाई पोशाक सहयोग

संभव नेपाल नामक एक गैरसरकारी संस्थाले गोरखाको आरुघाट गाउँपालिकाको छ वटा विद्यालयका एक हजार पाँच सय ५० विद्यार्थीलाई ट्रयाक्सुट उपलब्ध गराएको छ । साविकको आरुपोखरी र आरुचनौटे गाविसमा रहेको छ वटा विद्यालयका विद्यार्थीलाई पोसाक उपलब्ध गराइएको संभव नेपालका अध्यक्ष प्रेम खत्रीले बताए ।
वडा नम्बर ८ को दरबार माविका तीन सय र कल्लेरी आधारभुत विद्यालयका एक सय ३० जना विद्यार्थीलाई शुक्रवार एक कार्यक्रमका बिच बितरण गरिएको छ । संभव नेपालका अध्यक्ष प्रेम खत्रीले विद्यालयमै पुगेर पोशाक बितरण गरेका हुन् । विद्यालयको नाम लेखिएको ट्रयाक्सुट पाएपछि विद्यार्थी खुसी भएका थिए । निशुल्क एकै खाले पोसाक बितरण हुँदा विद्यार्थीलाई राहत मिलेको भन्दै दरबार माविका प्रधानाध्यापक दिर्घमान श्रेष्ठले खुसी ब्यक्त गरे । साथै उनले सहयोग गर्ने संभव नेपालका अध्यक्ष प्रेम खत्रीलाई धन्यवाद दिए ।

अन्य विद्यालयका लागि पनि पोसाक तयार गरेर लगिएको र गाउँ कार्यपालिकाको बैठकपछि बितरण गर्ने योजना रहेको छ । ‘गाउँपालिकाको माग अनुसार सबै विद्यार्थीलाई पुग्ने गरी पोसाक उपलब्ध गराएको छु’ अध्यक्ष खत्रीले भने ‘दुईवटा विद्यालयमा बितरण ग¥यौँ, अन्य विद्यालयमा गाउँपालिकाले कहिले बितरण गर्छ थाहा भएन, ट्रयाक्सुट सबै पु¥याईदिएका छौँ ।’ गाउँपालिकाले विद्यार्थी संख्या यकिन गरेर पोसाक माग गरेपछि संभव नेपालले सहयोग गरेको हो । संभव नेपालले आरुघाट गाउँपालिकाको मान्बुमा छात्राबास निर्माण, आरुपोखरीमा विद्यालय भबन निर्माण, ल्याप्टप कम्प्यूटर सहयोग, धार्चे गाउँपालिकामा ल्याप्टप सहयोग लगायत सामाजिक काम गर्दै आएको छ । संभव नेपालले तिब्बत सँग सिमाना जोडिएको चुमनुब्री गाउँपालिकामा पनि विद्यार्थीलाई न्यानो लुगा सहयोग गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्