
हिमालय मावि बारपाकको अध्यक्षमा वीरबहादुर घले
हिमालय मावि बारपाकको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा वीरबहादुर घले चयन भएका छन् ।
बिहिबार सम्पन्न अभिभावक भेलाले घलेको अध्यक्षतामा दुई सदस्य पछि चयन गर्ने गरी हाललाई आठ सदस्यीय समिति चयन गरेको पूर्व अध्यक्ष जीतबहादुर घलेले जानकारी दिए ।
ज्येष्ठ सदस्य उत्तम बिकको अध्यक्षतामा सम्पन्न अभिभावक भेलामा वडा अध्यक्षहरु रोशन बिक र लालबहादुर गुरुङ, पूर्व अध्यक्ष जीतबहादुर घले, समाजसेवी सुकबहादुर बिक र तेजबहादुर गुरुङले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।




