
द्विजवन्धु संस्कृति समाजद्वारा रानीवनमा सरस्वती पूजा
श्रीपञ्चमीको अवसरमा देशभरका सरस्वती मन्दिरहरुमा विद्याकी देवी सरस्वतीको पूजा गरेर मनाइएको छ ।
वसन्त पञ्चमीको नामले समेत पुकारिने यस पर्वको अवसरमा द्विजवन्धु संस्कृति समाज गोरखाले पनि संस्थागत रुपमा सरस्वती पूजा गरेर यो पर्व मनाएको छ । गोरखा सदरमुकामको रानीवनस्थित सरस्वती मन्दिरमा सरस्वती पूजा गरिएको समाजका अध्यक्ष शम्भू अर्यालले जानकारी दिए ।
हिन्दू धर्म, संस्कृतिको रक्षार्थ स्थापित सो समाजले विभिन्न पर्वहरुमा विभिन्न मठमन्दिरहरुमा पूजा अर्चना तथा औपचारिक कार्यक्रमहरु गर्दै आएको उनले बताए ।





