| सोमवार, कार्तिक २३, २०८३

जनजागृति प्राविको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न सांसद दवाडीद्वारा रु २५ हजार प्रदान

सिरानचोक गाउँपालिका ७ सिम्लेस्थित जनजागृति प्राविको अभिभावक दिवस तथा शैक्षिक गुणस्तर अभिवृद्धि हातेमालो कार्यक्रम बुधबार सम्पन्न भएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमानसिङ नेपालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेशका सांसद प्रकासचन्द्र दवाडी, वडा अध्यक्ष सुरज ढकाल, प्रधानाध्यापक उत्तम गुरुङलगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

सो अवसरमा प्रमुख अतिथि सांसद दवाडीले सो विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्नका लागि २५ हजार ५५० रुपैयाँ प्रदान गरेका नेविसंघका अजीरकोट गाउँपालिकाका संयोजक प्रवीण गुरुङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्