| शनिबार, कार्तिक २, २०७६

टीम नेपोद्वारा शैक्षिक सामाग्री वितरण

दरौंदी : टीम नेपो नामक संस्थाले गोरखा नगरपालिका ३ को विन्धाबासिनी माध्यामिक विद्यालयका विद्यार्थी हरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

विद्यालयका गरिब जेहेन्दार ३१ विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको हो । उनिहरुलाई जनही १० थान कापी र ५ थान डटपेन वितरण गरिएको संस्थाका उपाध्यक्ष सलिज श्रेष्ठले जानकारी दिए ।

विद्यालयमा अन्तर सदनात्मक हाजिरीजवाफ गरि विजयी समुहलाई पनि शैक्षिक सामाग्री दिईएको उनको भनाई छ । समाजसेवामा रुचि भएका युवाहरु मिलेर टीम नेपो गठन भएको उनले जानकारी दिए । आगामी दिनमा पनि सृजनात्मक कार्यक्रम गर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्