| सोमवार, कार्तिक २३, २०८३

दक्षिण कोरीयामा रहेका काहुलेभंगारका युवाले विद्यार्थीलाई पोशाक दिए

शहिद लखन गाउँपालिका ७ काहुलेभंगार घर भई रोजगारीका लागि दक्षिण कोरीयामा रहेका युवाहरुले गाउँको विद्यालयमा सहयोग गरेका छन् ।

उनिहरुले लखन थापा आधारभूत विद्यालयका सम्पूर्ण विद्यार्थीहरूलाई विद्यालय पोशाक वितरण गरेका हुन् ।

दक्षिण कोरीयामा रहेका उज्वल आले मगर,विष्णु थापा मगर,तिलक थापा मगर,रामकृष्ण ढकाल,जीवन थापा मगर,रवि राना मगर र कमल पुलामी मगरको संयुुक्त सहयोगमा विद्यार्थीलाई पोशाक वितरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्