
नेकपा निकट शिक्षक संगठनले तेस्रो चरणको आन्दोलन गर्ने
दरौंदी : नेकपा निकट शिक्षक संगठनले तेस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् । गोरखा नगरपालिकाभित्रका शैक्षिक बेथिति अन्त्य गर्न माग गर्दै चरणबद्ध आन्दोलनमा रहेको एकिकृत अखिल नेपाल शिक्षक संगठन र नेपाल राष्टिूय शिक्षक संगठन नगर समितिले तेस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।
गोरखा नगरपालिकाको शिक्षा शाखाले संगठनले राखेका मागहरु वेवास्ता गरेकाले तेस्रो चरणको आन्दोलनका कार्यक्रम गर्न बाध्य भएको एकिकृत अखिल नेपाल राष्टिूय शिक्षक संगठनका कार्यबाहक अध्यक्ष विष्णुप्रसाद न्यौपानेले बताए । उनिहरुले जेठ ३ गते प्रचारात्मक कार्यक्रम गर्ने, जेठ ४ गते १० बजेदेखि १ बजेसम्म पेन डाउन गर्ने र जेठ ५ गते गोरखा नगरपालिकाको शिक्षा शाखामा तालाबन्दी सहित धर्नाको कार्यक्रम सार्वजनिक गरेका छन् ।




