| सोमवार, कार्तिक २३, २०८३

लक्ष्मी मावि गाईखुरमा दीपेन्द्र जस्मिन अक्षयकोष स्थापना

दरौंदी : पालुङटार नगरपालिका ६ को लक्ष्मी माध्यामिक विद्यालयमा दिपेन्द्र जस्मिन छात्रवृत्ति अक्षयकोष स्थापना भएको छ ।

पालुङटार नगरपालिका ४ का दिपेन्द्र पौडेलले एक लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन् ।

अध्ययनको सीलसीलामा अष्टूेलियामा रहेका उनी विद्यालयको भुतपुर्व विद्यार्थी पनि हुन् । कोषबाट प्रत्येक बर्ष कक्षा ८ र ९ मा प्रथम हुने दुई जना र गरीब तथा जेहेन्दार दुई जना विद्यार्थीलाई छात्रवृत्ति दिईने विद्यालयले जनाएको छ ।

अक्षयकोषले गरीब तथा जेहेन्दार विद्यार्थीलाई पढाईमा निरन्तरता दिन सहयोग पुग्नुका साथै उत्कृष्ट विद्यार्थीलाई हौसला मिल्ने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्