
एक निर्वाचन क्षेत्र एक प्राविधिक शिक्षालय कार्यक्रमको पूर्व सम्भाव्यता अध्ययन सुरु
गण्डकी प्रदेशले एक निर्वाचन क्षेत्र एक प्राविधिक शिक्षालय कार्यक्रम अघि बढाउन सम्भाव्यता अध्ययन सुरु गरेको छ । सामाजिक विकास मन्त्रालय अन्तर्गतको टिमले गोरखामा पनि सम्भाव्यता अध्ययन गरेको हो ।
सो टिमले शिक्षा विकास तथा समन्वय इकाइको हलमा प्राविधिक शिक्षालय सञ्चालन गरेको नीजि फर्मका प्रतिनिधि, शिक्षा सेवी, सदरमुकाम आसपासका विद्यालयका शिक्षक, विद्यार्थी तथा शिक्षा विकास तथा समन्वय इकाइ का प्रतिनिधिहरुसंग अन्तरक्रिया गरेको छ ।
सो अवसरमा कुन खालको प्राविधिक शिक्षाको बढि माग छ ? ती शिक्षालय कुन ठाउँमा सञ्चालन गर्न उपयुक्त हुन्छ लगायतका विषयमा छलफल भएको थियो ।
गोरखाका सरोकारवालाहरुले कृषि, पशु, जडिबुटी लगायतका क्षेत्रमा प्राविधिक शिक्षालय सञ्चालन गरी दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने तर्क राखेका थिए ।
स्थानीय विद्यार्थी तथा शिक्षा सेवीहरुको सुझाव अनुसार अघि बढ्ने सो टिमले जनाएको छ ।
प्रदेश सरकारले यसबर्षदेखि एक निर्वाचन क्षेत्र एक प्राविधिक शिक्षा लागु गर्न पूर्व सम्भाव्यता अध्ययन गरेको हो ।




